2026-10-12 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसिकोट नगरपालिकाले ५ वर्षे आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तयार गर्दै

कमल पौडेल | कात्तिक २६, वामीटक्सार | गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रको दिगो विकासका लागि समग्र पक्ष समेटिएको ५ वर्षे आवधिक योजना निर्माण कार्य शुरु गरेको छ। आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तर्जुमा गोष्ठी मार्फत सो कार्यको सुरु गरिएको हो। हालै नगरपालिकाले सम्पन्न गरेको पहिलो चरणको ३ दिने गोष्ठीले नगरपालिकाले हाल सम्म गरेका कार्यको समिक्षा गर्दै ५ वर्षमा नगरपालिकाले हासिल गर्नसक्ने योजनाको परिकल्पनाको आधार तयार गरेको र हाल विज्ञ मार्फत ड्राफ्ट तयार भैरहेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभएको छ।

आवधिक योजना निर्माण गर्दा अहिलेको वस्तुस्थीतीको विश्लेषण गर्दै ५ वर्षको लक्ष्य किटान हुने र सो लक्ष्य निर्धारण गर्दा विकासका आयामहरुलाई ख्याल गरिने भएको छ। नेपाल सरकारको राष्ट्रिय आकांक्षा, योजना आयोगले निर्धारण गरेका सुचक र संघ तथा प्रदेश सरकारका नितिकार्यक्रम संग मेल खाने गरि पूर्वधार, आर्थिक विकास, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, वन वातावरण तथा विपद व्यवस्थापन, प्रशासनिक, सुसासन एवं व्यवस्थापकिय पक्षहरुलाई समेट्दै विकासको गतिलाई बढाउने गरि प्रक्रिया तय गर्ने प्रमुख प्रशासकिय अधिकृत भुसालले जानकारी दिनुभयो।

मुसिकोट नगरपालिका अन्तरगत रहेका विषयगत समिति, विभिन्न विषयगत शाखाका शाखा प्रमुख तथा प्रतिनिधि, विकास साझेदारहरु, उद्योग वाणिज्य संघ, राजनैतिक दल, कृषकका प्रतिनिधि लगाएतको सहभागितामा योजना निर्माण भैरहेको र पहिलो चरणको गोष्ठीमा ५ वटा विषयगत समितिले प्रस्तुत गरेको प्रस्तुती र विज्ञको सुझाव सहितको ड्राफ्टमा दोश्रो चरण सहित विभिन्न चरणमा छलफल हुँद आवधिक योजना निर्माण गर्ने योजना नगरपालिकाको छ।

नगरपालिकाको समग्र पक्षको विकासको लक्ष्य हासिल गर्न हालको यथार्थ तथ्याङ्क सहितको विश्लेषण र भावि योजना सहित ५ वर्षे आवधिक योजना निर्माणमा लागेको नगरप्रमुख सोमनाथ सापकोटाले बताउनु भएको छ। पहिलो चरणको गोष्ठीको प्रस्तावमा विज्ञहरुको सुझाव सहित तयार हुने ड्राफ्ट प्रतिवेदन माथि विभिन्न चरणमा छलफल, बहस र सुझाव संकलन गरि योजनालाई पुर्णता दिने नगर प्रमुख सापकोटाले बताउनु भयो।

सो ५ वर्षे आवधिक योजनालाई पुर्णता दिन मध्यमकालिन खर्च संरचना समेत तयार गरिने भएको छ। सोहि गोष्ठी मार्फत वित्तिय अनुसासन तथा सुसासन कायम गर्न र वार्षिक कार्यक्रम तथा बजेटलाई ५ वर्षे आवधिक योजनामा जोड्ने गरि मध्यमकालिन खर्च संरचना तयार गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभएको छ।

नगरपालिकाको सो योजना निर्माणको लागि एमडि इन्जिनियरिङ कन्सल्टेन्सीले सहजिकरण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम