2026-09-21 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार ३२ दशमलव २९ अंकले घट्यो, एक कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

मङ्सिर ७, काठमाडौं | साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।  मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलब १२ विन्दुमा पुगेर बन्द भएको हो ।

कारोबार रकम भने सामान्य मात्रामा बढेको छ । २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेमा तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । बैंकले ४१ करोड भन्दा बढीको कारोबार गरेको छ ।

नेप्सेका अनुसार अन्य समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे भएको छ ।  होटल तथा टुरिजम, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचक शून्य दशमलव ४३ प्रतिशतसम्मले घटेका छन् ।

एउटा कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेको छ ।  मानुषी लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार ९९० रुपैयाँ १० पैसा पुगेको छ ।

आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो