2026-10-12 08:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मंसिर ११, मनाङ, न्युज कारखाना | मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ । एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्न थालिएको जानकारी दिए । ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको याे फार्ममा अघिल्लो वर्ष चार सय मेट्रिक टन स्याउ फलेको थियो ।

यस वर्ष पाँच सय मेट्रिक टन अर्थात् १० प्रतिशत स्याउ उत्पादन हुने अनुमान गरिएको छ । मनाङका संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङका अनुसार मनाङबाट नेपालमा स्याउ खेतीमा एउटा क्रान्तिको सुरु भएको छ । अहिले मनाङबाट काठमाडाै, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।

‘हिजो धेरै स्याउ फल्ने थिएन । त्याे पनि मनाङमै खपत हुन्थ्यो । केही ठाउँमा मदिरा बनाइन्थ्यो । अहिले सडक बनेपछि काठमाडौंका तारे होटलसहित तराईमा मनाङको स्याउ पुगेको छ,’ उनले भने ।मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन र काठमाडाैंसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २९४० मिटर उचाइको भ्राताङमा इटाली र सर्भियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम