२३ बैंकले गरे लाभांश घोषणा : कसको कति ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

मंसिर १८,काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन्। बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन्। लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन्।

सार्वजनिक पछिल्लो तथ्यांकानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ। नबिलले ३३ दशमलव छ प्रतिशत बोनस शेयर तथा चार दशमलव चार प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। गत आवको वितरण योग्य नाफाका आधारमा नेपाल एसबिआइ बैंकले सबैभन्दा कम तीन दशमलव पाँच प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी जम्मा पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा चार दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ। सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९४७ प्रतिशत नगदसहित १७ दशमलव ८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३१३ प्रतिशत नगद गरी कूल १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन। नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६११ प्रतिशत बोनस तथा तीन दशमलव ३८९ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा तीन दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन।

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव पाँच प्रतिशत बोनस शेयर तथा तीन दशमलव तीन प्रतिशत नगदसहित १५ दशमलव आठ प्रतिशत, एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५ दशमलव ७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र तीन दशमलव पाँच प्रतिशत नगद, सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छे बैंकले १३ दशमलव तीन बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत , बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमइ बैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव पाँच प्रतिशत नगदसहित १३ दशमलव पाँच प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले दश प्रतिशत बोनस तथा तीन दशमलव शून्य छ प्रतिशत नगद गरी १३ दशमलव शून्य छ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ। १० प्रतिशत बोनस तथा दुई दशमलव शून्य सात नगदसहित १२ दशमलव शून्य सात प्रतिशत मेगा बैंकले आफ्ना शेयरधनीलाई दिने भएको छ भने लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा तीन दशमलव पाँच नगद गरेर ११ दशमलव पाँच प्रतिशत, एभरेष्ट बैंकले छ प्रतिशत बोनस शेयर र चार दशमलव ३२ प्रतिशत नगद, कुमारी बैंकले छ प्रतिशत बोनस तथा दुई दशमलव ६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि)ले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद र सनराईज बैंकले छ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply