<p><b>मसिर २१, काठमाडौँ | </b>नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । <br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । </p><p>त्यस्तै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । </p>


