३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारप्रति अर्थमन्त्रीको चासो !

२४ मंसिर २०७८, शुक्रबार ०६:५१

मंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय रूपमा लागिरहनु भएको छ। बजारमा हल्ला गरिए जस्तो अर्थ मन्त्रालय सेयर बजार प्रति नकारात्मक छैन।’

उप्रेतीले अगाडि थपे, ‘अर्थमन्त्रीज्यूले नेपाल राष्ट्र बैंक, धितो पत्र बोर्ड लगायतका सरोकारवाला निकायहरूसँग जहिले पनि सेयर बजार किन घटिरहेको छ भनेर चासो राख्नुभएको छ। अहिलेको घट्दो सेयर बजारप्रति उहाँ निकै चिन्तित हुनुहुन्छ। तपाईमार्फत आम लगानीकर्ताहरूलाई म के जानकारी दिन चाहन्छु भने लगानीकर्ताहरूको मागको बारेमा अर्थ मन्त्रालय जानकार छ र त्यस विषयमा गम्भीर छलफल पनि भइरहेको छ। केही दिनभित्रमा ठोस कुरा आउनेछ।’

विशेषगरी अर्थमन्त्रीले अहिलेको सेयर बजारलाई हावा भरिएको बेलुनको रूपमा तुलना गरेपछि बजार झन् घटेको भन्ने आम लगानीकर्ताको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘खासमा उहाँले त्यस्तो भन्न खोज्नु भएको होइन। कुनै पनि कुराको मूल्य स्वाभाविक हुनुपर्दछ, अस्वाभाविक हुनु हुँदैन भन्ने आशयको उहाँको धारणालाई मिडियाहरूले गलत व्याख्या गरिदिए।’

अहिलेको तरलता संकटको बारेमा उनले भने, ‘२ हप्ताभित्र पुँजीगत खर्च व्यापक रूपमा गर्ने गरी तयारी भइरहेको छ। अहिले देखिएको तरलता संकटलाई द्रुत गतिमा समाधान गरिने छ त्यसमा अर्थ मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’