2026-10-12 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारप्रति अर्थमन्त्रीको चासो !

मंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय रूपमा लागिरहनु भएको छ। बजारमा हल्ला गरिए जस्तो अर्थ मन्त्रालय सेयर बजार प्रति नकारात्मक छैन।’

उप्रेतीले अगाडि थपे, ‘अर्थमन्त्रीज्यूले नेपाल राष्ट्र बैंक, धितो पत्र बोर्ड लगायतका सरोकारवाला निकायहरूसँग जहिले पनि सेयर बजार किन घटिरहेको छ भनेर चासो राख्नुभएको छ। अहिलेको घट्दो सेयर बजारप्रति उहाँ निकै चिन्तित हुनुहुन्छ। तपाईमार्फत आम लगानीकर्ताहरूलाई म के जानकारी दिन चाहन्छु भने लगानीकर्ताहरूको मागको बारेमा अर्थ मन्त्रालय जानकार छ र त्यस विषयमा गम्भीर छलफल पनि भइरहेको छ। केही दिनभित्रमा ठोस कुरा आउनेछ।’

विशेषगरी अर्थमन्त्रीले अहिलेको सेयर बजारलाई हावा भरिएको बेलुनको रूपमा तुलना गरेपछि बजार झन् घटेको भन्ने आम लगानीकर्ताको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘खासमा उहाँले त्यस्तो भन्न खोज्नु भएको होइन। कुनै पनि कुराको मूल्य स्वाभाविक हुनुपर्दछ, अस्वाभाविक हुनु हुँदैन भन्ने आशयको उहाँको धारणालाई मिडियाहरूले गलत व्याख्या गरिदिए।’

अहिलेको तरलता संकटको बारेमा उनले भने, ‘२ हप्ताभित्र पुँजीगत खर्च व्यापक रूपमा गर्ने गरी तयारी भइरहेको छ। अहिले देखिएको तरलता संकटलाई द्रुत गतिमा समाधान गरिने छ त्यसमा अर्थ मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम