Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २६ गते, बिहान ७:०५ बजे
अर्थ/विकास

सुनचाँदीको मूल्य बढ्यो : कतिमा हुदैंछ कारोबार ?

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २६, काठमाडौँ | साताको पहिलो दिन नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन (शुक्रवार)  यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।