2026-10-12 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्य

मङ्सिर २७, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ । 

नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पुर्याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो । खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ । वर्ल्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्याउनको लागि सहयोग पुग्ने विश्वास छ । २५ वर्षअघि स्थापना भएको वर्ल्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि ईन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ ।

‘वर्ल्डलिंकले नेपालको शहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा ईन्टरनेटको सेवा विस्तार गरिरहेको छ,’ वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भन्नुभयो, ‘यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुङ्गा साबित हुनेछ ।’

खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा ईन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पुर्याउने अध्यक्ष अग्रवालको विश्वास छ ।

स्वदेशी लगानीकर्ताले स्वदेशी स्टार्टअपमा लगानी गरेको यो उदाहरण आगामी दिनमा अन्य लगानीकर्ता र उदाउँदा स्टार्टअपको लागि आशाको संकेत भएको अग्रवालको टिप्पणी छ । ‘यसले नवीन सोचसहित नवीन काम गरिरहेका स्टार्टअपहरुको लागि स्वदेशमै लगानी जुटाउन सकिने विश्वास बढाउँनेछ,’ अग्रवालले भन्नुभयो,‘डिजिटल नेपालको लक्ष्य साकार पार्न सहयोग पुर्याउने नवीन सोचहरुलाई सघाउन वल्र्डलिंक सधैं तत्पर रहनेछ ।’

५ वर्षअघि स्थापना भएको डिजिटल वालेट खल्तीले प्रयोगकर्तामाझ् छुट्टै पहिचान बनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा संचालनको लागि अनुमति प्राप्त खल्ती डिजिटल वालेट सन् २०१७ देखि सेवा प्रदान गर्दै आईरहेको छ।

लाखौं प्रयोगकर्ताले फोन रिचार्ज गर्न, ईन्टरनेट, टिभीको बिल तिर्न, ईन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन शपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको लागि खल्तीको उपयोग गरिरहेका छन् ।

वर्ल्डलिंकको लगानीले सबैको लागि वित्तीय पहुँच पुर्याउने खल्तीको योजना साकार पार्नको लागि सहयोग पुग्ने खल्तीका सहसंस्थापक अमित अग्रवालले बताउनु भयो । वल्र्डलिंकबाट लगानी भित्रिएसँगै वित्तीय पहुँचमा सबैको सुनिश्चितताको लागि खल्तीले काम गर्ने उहाँले बताउनु भयो ।

खल्तीमा हाल दुई सय बढी कर्मचारी आवद्ध छन् । देशभर खल्तीका २० लाख बढी नियमित प्रयोगकर्ता छन् । हाल नेपालका ९० प्रतिशत भन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध छन् ।

वर्ल्डलिंक नेपालको सूचना प्रविधि क्षेत्रमा अग्रणी ब्राण्ड हो । ५ लाख ४३ हजार भन्दा बढी ग्राहक भएको वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक हो । नेपालका सबै क्षेत्रमा ईन्टरनेट सेवामा समेट्ने लक्ष्य लिएको वल्र्डलिंकमा बेलायतको विकास वित्त ईन्स्टिच्युट (सीडीसी) ग्रुपले पनि लगानी गरेको छ । खल्र्डलिंकले यसअघि नेटटिभी र अन्य प्रविधि सम्बन्धी विभिन्न नवीनतम् व्यवसायमा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम