Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्यमा गिरावट : तोलाको कति ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ४, काठमाडौँ |</b>आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजाररुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो।<br></p><p>आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ८१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।</p><p>आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ।</p>