पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै"/>
2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योगी र व्यवसायीका गुनासा

पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै आइरहेको थियो । नालीको फोहरको दुर्गन्धमात्रै होइन, बर्खामा नालीको भल नै उद्योगमा पसेर लाखौँको धनमाल क्षति पु¥याने गरेको कँडेललले दुखेसो गर्नुभयो ।

“मलाई सफा स्थानमा उद्योग गर्नु पर्दछ भन्ने थाहा नभएको होइन, स्वच्छ स्थानको जग्गा चाहिएको छ तर जग्गा खोजेको पाइएन, सडकको नाली सफा गर्न नगरपालिका धाउने कि उद्योग चलाउने”, उहाँले भन्नुभयो, “अनुगमनमा आउने राज्य संयन्त्रले राज्यको तर्फबाट दिने सेवासुविधा उपलब्ध गराउनाका साथै, बाटोघाटोको सरसफाइसमेत हेर्न आवश्यक छ, उद्योगभित्र त मेरो कमजोरी भए कारबाही सहँुँला ।”

यस्तै  विसं २०४४ देखि पाउरोटी उद्योग सञ्चालन गर्दै आउनुभएका देउराली बेकरीका सञ्चालक मनोज थापाले धारामा आउने पानी नै दूषित भएपछि पाउरोटी बनाउन समस्या भएको बताउनुभयो । “खानेपानी नै दूषित आउँछ, हामीले भाँडाकुँडा सफा गर्नुपर्छ  भन्ने त थाहा छ तर जारको पानीले उद्योग चलाउन सक्ने अवस्था त छैन, धाराबाट  जहिल्यै पनि फोहर पानी आउँछ”, उहाँले भन्नुभयो, “दूषित खानेपानी वितरण गर्ने संस्थालाई कारबाही हुँदैन, यसमा हाम्रो उद्योगको के दोष, हामीलाई शुद्ध पानी चाहियो, उद्योगमा केही समस्या देखिए कारबाही भोगुला ।” 

यस्ता समस्या जिल्लाका उद्योगी तथा व्यवसायीका प्रतिनिधिमूलक समस्यामात्रै हो । उद्योगी व्यवसायीलाई अनुगमन गरेर कारबाही गर्नुपूर्व खाद्य स्वच्छता र कानुनी ज्ञान हुन आवश्यकसमेत रहेको अर्का व्यवसायी थानेश्वर कँडेलको भनाइ थियो । “राज्यले बेला–बेलामा अनुगमन, निरीक्षण तथा सुझाव–सल्लाह दिनुपर्दछ तर अनुगमनाका नाममा उद्योगी तथा व्यवसायीलाई निरुत्साहित गर्ने काम बन्द गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “व्यवसाय र उद्योग सञ्चालन गर्दा राज्यलाई कर तिरेका छौँ तर राज्यले दिने सेवा–सुविधासमेत गुणस्तरीय नहुनु दुखद् हो, सेचततापछि मात्रै अनुगमन आवश्यक छ, कतिपय व्यवसायीलाई खाद्य ऐनको विषयमा जानकारी नै छैन ।” 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले स्थापना भएको दुई वर्षपछि मात्रै उद्योगी तथा व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिन थालेको छ । ढिलै भए पनि खाद्य स्वच्छता भनेको के हो, उद्योग कसरी चलाउने, मिसावट नभएको वस्तु कसरी उत्पादन गर्ने र वस्तुमा गुणस्तरको मात्रा मिलाउनेजस्ता विषयमा उद्योगी तथा व्यवसायीलाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले अब अनुगमन मात्र नभएर सचेतनालाई पनि प्राथमकितामा राखेर कार्यक्षेत्र भित्र रहेका बागलुङ, मुस्ताङ र म्याग्दी जिल्लाका उद्योगी तथा व्यवसायीलाई सचेत गराउन थालिएको बताउनुभयो । “कानुनी प्रक्रिया पु¥याएर उद्योग स्थापना गर्ने, उद्योगमा काम गर्ने व्यक्ति सफा रहनुपर्ने, उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्नेलगायत काम हुन्छन्”, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “पहिला जिल्लाका गाउँ–गाउँका उद्योगी र व्यवसायीलाई समेत सचेत बनाएपछि मात्रै अनुगमनलाई तीव्रता दिने हाम्रो योजना रहेको छ ।”

उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जिल्लामा उत्पादित बस्तुभन्दा आयातित वस्तुका गुणस्तरमा  प्रश्नचिन्ह खडा हुँदै आएको छ भन्दै यहाँका व्यवसायीलाई मात्रै होइन, बाहिरबाट आउने वस्तुका विषयमा समेत अनुगमन हुन आवश्यक भएकामा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक