2026-10-12 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो देखियो तीन वर्षको आर्थिक परिदृश्य

माघ ३, काठमाडौँ | सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढावपूर्ण अवस्था रहेको पाइएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व सङ्कलन कूल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आव २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । चालु आव २०७८/७९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा चार दशमलव १८ प्रतिशतले बढी हो ।      

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ । आव २०७६/७७ को पुस मसान्तसम्म पूँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आव २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । चालु आव २०७८/७९ को पुस मसान्तसम्म पूँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।    

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आव २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आव २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो । यस्तै चालु आव २०७८/७९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी