माघ ५,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, 
2026-10-12 05:12 PM
अर्थ/विकास

नवलपुर सडक स्तरोन्नति सुरु

माघ ५, सिन्धुपाल्चोक | ईन्द्रावती गाउँपालिकाको रणनीतिक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मङ्गलबार सो सडकको शिलान्यास गर्नुभएको हो ।
शिलान्यासको अवसरमा अध्यक्ष तामाङले ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति र कालोपत्र गरिँदै लैजाने जानकारी दिँदै धमाधम काम भइरहेको उल्लेख गर्नुभयो ।
सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो काम सुरु गरिएको हो । सो सडकको स्तरोन्नति पश्चात गाउँपालिकाको ७ वटा वडाले प्रत्यक्ष रुपमा लाभ लिनेछन् । सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावत सहज हुने बताइएको छ । सो सडकको स्तरोन्नतिका लागि मूल्य अभिवृिद्ध करसहित रु १० करोड ९ लाख ९ हजार ८५१ लागत अनुमान रहेको छ । 
सो लागतमा ईन्द्रावती गाउँपालिकाको पाँच करोड ९४ लाख ९ हजार ८५१ र सङ्घीय सरकारको समपुरक अनुदान चार करोड १५ लाख रहेको छ । ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नतिमा बाटो चौडा गर्ने, प्लम क्रङक्रिटको नाली बनाउने, ढुङ्गाको सोलिङ, गाभ्रेल, स्टोन मेसिनरी तथा ग्याबिन वाल लगाउने, ह्युमपाइप हाल्ने र बाटो ढलानको काम रहेको छ ।
सो बाटो निर्माणका लागि श्री घिसिङ/युएण्डएस जेभी, माझिफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले रु पाँच करोड २१ लाख २३ हजार ३५४ मा ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद शर्माले गाउँपालिकाद्वारा भएका महत्वपूर्ण कार्यक्रम र हालसम्म हासिल गरेका मुख्यमुख्य उपलब्धिमध्ये यो सडक पनि रहेको जानकारी दिनुभयो  । सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी