माघ ५, झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेची भन्सारको राजस्व असुलीमा वृद्धि

५ माघ २०७८, बुधबार १०:२६

माघ ५, झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव नौ प्रतिशत राजस्व असुल्न सफल भएको हो । 

पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताउनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उहाँको भनाइ छ ।

कार्यालयलाई भन्सार विभागले रु १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ । उहाँले वार्षिक लक्ष्यको तुलनामा छ महिनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी दिनुभयो

साउनको मासिक लक्ष्य रु ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि रु एक अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी हो ।

भदौमा कार्यालयले रु एक अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएकामा रु एक अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

असोजमा रु एक अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिनुभयो । असोजको लक्ष्य भने रु एक अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिक महिनाको लक्ष्य रु एक अर्ब ३१ करोड ९७ लाख २७ हजार लक्ष्य लिए पनि  एक अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ वा ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ । 

मङ्सिर महिनामा कार्यालयले रु एक अर्ब ३२ करोड ७३ लाख १९ हजार लक्ष्य लिए पनि रु एक अर्ब ४० करोड २३ लाख ५८ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । पुस महिनामा रु एक अर्ब ३५ करोड ३७ लाख ७५ हजार लक्ष्यमा रु एक अर्ब ३७ करोड ९२ लाख सात हजार अर्थात १०१ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, हवाई स्प्रीड, सुती कपडा, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामाग्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन