२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा उच्च अंकको गिरावट

५ माघ २०७८, बुधबार १०:२८

माघ ५, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबारको कारोबारमा ३८ अंकले घटेको छ। आइतबार र सोमबार उकालो लागेको परिसूचक मंगलबार र बुधबार भने घटेको हो। बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा झरेको छ।

मंगलबार पनि नेप्से १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा झरेको थियो। अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का अनुसार बुधबार कूल ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबार कूल 8 अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स सूचक पनि बुधबार ७.८१ अंकले घटेर ५३९.६५ बिन्दुमा झरेको छ। मंगलबार भने यस्तो सेन्सिटिभ सूचक १.१० अंकले बढेर ५४७.४६ बिन्दुमा उक्लिएको थियो। बुधबार कारोबारमा आएका कूल २२८ वटा कम्पनीका एक करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर किनबेच भएका छन्। आज कारोबारमा आएको २० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। यसैगरी १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको सेयर मूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ।

आज बुद्धभूमि नेपालको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। यस कम्पनीको सेयर मूल्य आज ९.९७ प्रतिशतले बढेको हो। यसैगरी साम्लिङ पावर कम्पनीको सेयर मूल्य पनि ९.९६ प्रतिशतले बढेको छ। आज खरिदबिक्री रकममा २० करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र एचआइडीसीएल रहे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…