2026-10-12 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा उच्च अंकको गिरावट

माघ ५, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबारको कारोबारमा ३८ अंकले घटेको छ। आइतबार र सोमबार उकालो लागेको परिसूचक मंगलबार र बुधबार भने घटेको हो। बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा झरेको छ।

मंगलबार पनि नेप्से १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा झरेको थियो। अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का अनुसार बुधबार कूल ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबार कूल 8 अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स सूचक पनि बुधबार ७.८१ अंकले घटेर ५३९.६५ बिन्दुमा झरेको छ। मंगलबार भने यस्तो सेन्सिटिभ सूचक १.१० अंकले बढेर ५४७.४६ बिन्दुमा उक्लिएको थियो। बुधबार कारोबारमा आएका कूल २२८ वटा कम्पनीका एक करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर किनबेच भएका छन्। आज कारोबारमा आएको २० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। यसैगरी १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको सेयर मूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ।

आज बुद्धभूमि नेपालको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। यस कम्पनीको सेयर मूल्य आज ९.९७ प्रतिशतले बढेको हो। यसैगरी साम्लिङ पावर कम्पनीको सेयर मूल्य पनि ९.९६ प्रतिशतले बढेको छ। आज खरिदबिक्री रकममा २० करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र एचआइडीसीएल रहे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी