2026-10-12 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व बजारमा तेलको मूल्य आकाशियो, नेपालमा के होला ?

माघ ६, काठमाडौँ | विश्व बजारमा इन्धनको मूल्य आकाशिएको छ । यसले नयाँ किर्तिमान बनाउँदै प्रति ब्यारल ८८ डलर कटेको छ ।

आज बोनी लाइटले प्रतिब्यारल ८८.२४ डलर मूल्य राखेको छ । ओपेक बास्केटको प्रति ब्यारल ८६.५४ डलर छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल ८७.९९ हुँदा डब्लुटीआई क्रुडको ८६ डलर रहेको छ । एक ब्यारलमा लगभग १५९ लिटर हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुनुमा रुसले युक्रेनमाथि हमला गर्ने खतराले पनि हो । रुस तेल उत्पादक देश हो । तेल उत्पादक देश संयुक्त अरब इमिरेट्समा यमनका हुथी विद्रोहीले ड्रोन हमलाका कारण पनि तेलको मूल्य वृद्धि भएको हो ।

तेलको मूल्य आकाशिंदा नेपालमा ठूलो असर परिसकेको छ । यसै पनि नेपाल आयल निगम ठूलो घाटामा छ । विश्व बजारमा मूल्य वृद्धिले निगम थप घाटामा जाने भएको छ । दैनिक १४ करोड घाटा व्यवहोरिरहेको निगमले थप घाटा व्यहोर्नुपर्ने भएको छ ।

नेपाल आयल निगमको संचित सून्य भएको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि सरकारसँग ऋण मागेको छ । आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब अपुग हुने भएको जनाइसकेको छ ।

निगमले ३ माघमा विज्ञप्ति जारी गरी घाटा विवरण पेश गर्दै तत्काल रकम व्यवस्था गरी आपूर्ति सहज बनाउनुपर्ने वाध्यताबारे उल्लेख गरेको थियो । निगमले मासिक ४ अर्ब रुपैयाँ भन्दा बढी घाटा रहने देखिएकाले ३ महिनासम्मका लागि तेल आपूर्तिका लागि न्यूनतम १२ अर्ब रुपैयाँ आवश्यकता रहेको उल्लेख गरेको थियो ।

आयल निगम मूल्य वृद्धिको तयारीमा छ । यसका लागि सरकारको अनुमतिको प्रतिक्षामा छ । थेगिनसक्नु मूल्यवृद्धिले नेपालमा उपभोक्ताहरु मारमा पर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी