2026-10-12 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

माघ ९, चितवन | शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गर्नुभएको छ । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उहाँले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिनुभएको हो ।सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो “यो आयोजना सम्पन्न गर्न धेरै रकम खर्च हुने र सबै एकैपटक सम्पन्न गर्न कठिन हुने हुँदा चरणबद्ध काम सम्पन्न गर्न सङ्घीय सरकारलाई आग्रह गरिने छ । साथै भरतपुरमा बन्दै गरेको औद्योगिक प्रदर्शनी केन्द्रलाई बजेट विनियोजन गराएर सम्पन्न गराउन आफ्नो सहयोग रहने छ । ”

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल ,प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष भेषराज दुवाडी, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल,  उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठलगायतको सो अवसरमा उपस्थिति थियो ।

शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएको छ । रुख कटान गरी थप कामका लागि प्रक्रिया अघि बढेको छ । विसं २०७४ बाट प्रक्रिया अघि बढाइएको भए पनि काम  सुस्तगतिमा अघि बढेको हो । उद्योगी व्यवसायीले छिटो औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी