2026-10-12 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै थारु महिला

माघ ९, बुटवल |  सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । 

रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् । 

विशेषगरी गाउँपालिकाको पहलमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’अन्तर्गत यहाँका मधेसी तथा थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर त्यतिकै खेर गइरहेको बस्तुबाट आयआर्जनको माध्यम बनाएका छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सियारी गाउँपालिका २ र ३ का महिलाले विभिन्न खोल्सामा पाइने झारपात र खरजस्ता विभिन्न प्रजातिका घासपातबाट बनेको ‘कटरा’लगायत हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न थालेका छन् । उनीहरुले मुढा, म्याट, चकटी, गुन्द्री तथा सजावटका आर्कषक सामग्री बनाएका छन । 

यहाँका महिलाले स्थानीय स्तरमा विभिन्न समूह गठन गरी दर्ता गराएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको स्थानीयवासी यमुना कुमालले भन्नुभयो, “यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।” उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य निर्धारण गर्ने गरिएको छ । उहाँका अनुसार ती महिलाद्वारा उत्पादित सामग्री रु २५० देखि ५०० सम्ममा विक्री हुने गरेको छ ।  

हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको उहाँको भनाइ छ । केही वर्षअघिसम्म थोरै रकम जोड्न समस्या पाएका यहाँका महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । हस्तकला व्यवसायले हराउँदै गएको परम्परागत मौलिक हस्तकलाको जगेर्नासमेत भएको उहाँको भनाइ छ । “एकातिर हराउँदै गएको हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ”, यमुना कुमालले भन्नुभयो, “हामीलाई यस्ता तालिमले आत्मनिर्भर मात्रै बनाएको छैन्, आयआर्जनको दरिलो माध्यमसमेत बनेको छ ।” 

गाउँपालिकका अध्यक्ष अयोध्या थारुले गाउँपालिकाले यहाँका महिलालाई विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको जानकारी दिनुभयो । हस्ताकला तालिमले महिलाहरु रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही गर्छु भन्ने गरिब तथा अति विपन्न महिलालाई विकास सँगसँगै सीप पनि सिकाएका छौं । सो कामका लागि महिलाहरुलाई व्यवसाय गर्न शून्य प्रतिशत ब्याज दरमा लगानी गर्न गाउँपालिकास्थित बैङ्कलाई आग्रह गरेका छौं ।” 

हस्तकालाका सामग्रीबाट महिलाहरुले मासिक रु १०/१२ हजार आम्दानी गर्ने गरेको र ती सामग्रीको खपतमा समेत कुनै समस्या नभएको उहाँको भनाइ छ । माग बढ्दै गएपछि सामान पुर्याउन नसकिएको बताइको छ । महिलाबाट उत्पादित हस्तकला सामग्री ठूला होटेल र विदेशबाट आएका पर्यटकका लागि आकर्षक हुने गरेको छ । महिलाले सीपलाई व्यवहारमा उतार्न सके राम्रो आम्दानी हुने र यसबाट आत्मनिर्भर बन्न समेत सहयोग पुग्ने विश्वास तालिमकी प्रमुख प्रशिक्षक खेम कुमारी थारुको छ । 

घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उहाँको भनाइ छ । महिलाले यहाँको परम्परागत हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेको प्रशिक्षक थारुले बताउनुभयो । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । यहाँका नागरिक समाजका अगुवा र युवाले महिलाद्वारा उत्पादित हस्तकला सामग्रीलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा लागेका छन् ।

सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले महिला सशक्तीकरणका लागि यसप्रकारको तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी