2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै थारु महिला

माघ ९, बुटवल |  सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । 

रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् । 

विशेषगरी गाउँपालिकाको पहलमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’अन्तर्गत यहाँका मधेसी तथा थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर त्यतिकै खेर गइरहेको बस्तुबाट आयआर्जनको माध्यम बनाएका छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सियारी गाउँपालिका २ र ३ का महिलाले विभिन्न खोल्सामा पाइने झारपात र खरजस्ता विभिन्न प्रजातिका घासपातबाट बनेको ‘कटरा’लगायत हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न थालेका छन् । उनीहरुले मुढा, म्याट, चकटी, गुन्द्री तथा सजावटका आर्कषक सामग्री बनाएका छन । 

यहाँका महिलाले स्थानीय स्तरमा विभिन्न समूह गठन गरी दर्ता गराएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको स्थानीयवासी यमुना कुमालले भन्नुभयो, “यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।” उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य निर्धारण गर्ने गरिएको छ । उहाँका अनुसार ती महिलाद्वारा उत्पादित सामग्री रु २५० देखि ५०० सम्ममा विक्री हुने गरेको छ ।  

हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको उहाँको भनाइ छ । केही वर्षअघिसम्म थोरै रकम जोड्न समस्या पाएका यहाँका महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । हस्तकला व्यवसायले हराउँदै गएको परम्परागत मौलिक हस्तकलाको जगेर्नासमेत भएको उहाँको भनाइ छ । “एकातिर हराउँदै गएको हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ”, यमुना कुमालले भन्नुभयो, “हामीलाई यस्ता तालिमले आत्मनिर्भर मात्रै बनाएको छैन्, आयआर्जनको दरिलो माध्यमसमेत बनेको छ ।” 

गाउँपालिकका अध्यक्ष अयोध्या थारुले गाउँपालिकाले यहाँका महिलालाई विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको जानकारी दिनुभयो । हस्ताकला तालिमले महिलाहरु रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही गर्छु भन्ने गरिब तथा अति विपन्न महिलालाई विकास सँगसँगै सीप पनि सिकाएका छौं । सो कामका लागि महिलाहरुलाई व्यवसाय गर्न शून्य प्रतिशत ब्याज दरमा लगानी गर्न गाउँपालिकास्थित बैङ्कलाई आग्रह गरेका छौं ।” 

हस्तकालाका सामग्रीबाट महिलाहरुले मासिक रु १०/१२ हजार आम्दानी गर्ने गरेको र ती सामग्रीको खपतमा समेत कुनै समस्या नभएको उहाँको भनाइ छ । माग बढ्दै गएपछि सामान पुर्याउन नसकिएको बताइको छ । महिलाबाट उत्पादित हस्तकला सामग्री ठूला होटेल र विदेशबाट आएका पर्यटकका लागि आकर्षक हुने गरेको छ । महिलाले सीपलाई व्यवहारमा उतार्न सके राम्रो आम्दानी हुने र यसबाट आत्मनिर्भर बन्न समेत सहयोग पुग्ने विश्वास तालिमकी प्रमुख प्रशिक्षक खेम कुमारी थारुको छ । 

घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उहाँको भनाइ छ । महिलाले यहाँको परम्परागत हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेको प्रशिक्षक थारुले बताउनुभयो । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । यहाँका नागरिक समाजका अगुवा र युवाले महिलाद्वारा उत्पादित हस्तकला सामग्रीलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा लागेका छन् ।

सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले महिला सशक्तीकरणका लागि यसप्रकारको तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द