१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छ महिनामा चार अर्ब राजस्व

१० माघ २०७८, सोमबार ०८:१३

माघ १०, विराटनगर | आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल रु चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु २२ करोड छ लाख २२ हजार राजस्व कम सङ्कलन भएको हो । 

गएको आवमा सो अवधिमा रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले रु तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजस्वभन्दा रु २७ करोड ७० लाख ३० हजार राजस्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिनुभयो । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । कार्यालयले सङ्कलित गरेको राजस्वमा आयकर रु एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर रु ५० करोड २५ लाख आठ हजार, ब्याजकर रु पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर रु एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क रु एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा रु ३० हजार र शिक्षा सेवा शुल्क रु तीन लाख ४६ हजार छन् ।

सङ्कलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट रु १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट रु १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले रु तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन