2026-10-12 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९९.८६ अंकले घट्यो नेप्से, कारोबारमा भने वृद्धि

माघ १०, काठमाडौँ | साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ। सोमबार सेयर बजारको परिसूचक ९९.८६ अंकले घटेर २८२०.६५ पुगेको हो। 

अघिल्लो दिन सेयर बजारको परिसूचक १०.८३ अंकले घटेको थियो। हिजोको तुलानामा आज परिसूचक ८९.०३ अंकले घटेको हो। परिसूचक घटे पनि आइतबारको तुलनामा आज कारोबारमा वृद्धि देखिएको छ।

दिनभरमा २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ सेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६२ रुपैयाँको कारोबार भएको थियो।

त्यस्तै, सोमबार कारोबार भएका कुल कम्पनीमध्ये १८५ कम्पनीको मूल्य घटेको छ भने जम्मा ६ कम्पनीको मूल्य बढेको छ। कारोबारमा आएका १३ उपसमूहहरूमध्ये १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज विन नेपाल लगुवित्तीय र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत बढेको छ। यीबाहेक अन्य कम्पनीको सेयर २ प्रतिशतभन्दा कमले मात्रै बढेको छ। 

नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार अपी पावर कम्पनी सबै भन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३८ करोड ३४ लाख २४ हजार १५२ रुपैयाँ कारोबार भएको हो। 

यसपछि एनआइसी एशिया बैंकको ३६ करोड ७३ लाख ६४ हजार ५२७ रुपैयाँ ५० पैसा, अरुण भ्याली हाइड्रोपावरको ३० करोड ४९ लाख ६६ हजार ८९५ रुपैयाँ ७० पैसा, अपर तामाकोशी हाइड्रोपावरको २० करोड २६ लाख १३ हजार ५६५ रुपैयाँ ८० पैसा र एनटिसीको १९ करोड ४२ लाख ८७ हजार २४ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी