१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज नेप्से ३.२९ अंकले बढ्दा : कारोबार रकममा भने गिरावट

१३ माघ २०७८, बिहीबार १०:०४

माघ १३, काठमाडौँ | शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर दुई हजार ७ सय ७९ दशमलब ९३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।  

आज कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अर्ब ३४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको थियो । 

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनी रहेको छ । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३३८.२० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०९.५० रुपैयाँ पुगेको छ । सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले बढेर प्रतिकित्ता १०१० रुपैयाँ पुगेको  नेप्सेले जनाएकाे छ ।  

नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन