2026-10-12 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अंकको गिरवाट ,कारोबार रकम पनि घट्यो

माघ १७, काठमाडौँ | अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार १०५.५५ अंकले बढेका शेयरबजार परिसूचक नेप्से सोमबार भने दोहोरो अंकको गिरवाट आएको छ । यस दिन १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ ।यसदिन आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२५ कम्पनीको ६९ हजार ७७० पटकको कारोबारमा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आएपनि ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स, वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी रहेको छ । छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ ।

कारोबारमा आएका माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन अपर तामाकोशी र नेपाल टेलिकमको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली