७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुरक्षण कोषको रकम लगानी गर्दे राष्ट्र बैंक

२० माघ २०७८, बिहीबार १०:१२

माघ २०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

राष्ट्र बैंकले आज सूचना जारी गर्दै कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा रु १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा तीन करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु एक करोड पाँच लाख गरी जम्मा २१ करोड आगामी फागुन ४ गतेदेखि २०७९ फागुन ४ सम्मका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेप लिन चाहेको रकम र त्यसमा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी यही माघ २३ गतेसम्म बोलकबोल पेश गर्न भनेको छ । बैंकले बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको तथा राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने सर्त राखेको छ ।

त्यस्तै निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेका, खुद तरल सम्पत्ती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका तथा कर्जा निक्षेप अनुपात बैकले निर्धारण गरेको सीमाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले उक्त रकम निक्षेपमा लिन बोलकबोलमा भाग लिनसक्ने राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै निक्षेप लिन बैंक तथा वित्तीय संस्था निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने, रियल स्टेट कर्जा बैंकले तोकिएको सीमा भन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको वा समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, सर्वसाधारणलाई छुट्याइएको शेयर जारी भइसकेको हुनुपर्ने जस्ता सर्त पालना गनुपर्ने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति