2026-10-12 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

माघ २०, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा  १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज बढेको छ । कूल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर रु आठ अर्ब ६१ करोड २१ लख ७४ हजार १६२ मा  खरिद बिक्री भए । कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ । एघार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । 

जलविद्युत् ६.१६ र निर्जीवन बीमा १२.१७ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.१८, व्यापार २२.८७, होटल तथा पर्यटन ३८.६४, विकास बैंक ५४.२९, वित्त ३३.७१, उत्पादन ७९.४१, अन्य ९.३, लघुवित्त ५४.३३, जीवन बीमा १७२.७४, सामूहिक लगानी कोष ०.१ र लगानी ०.५७ अंकले ओरालो लागेको छ ।

बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख २७ हजार २२३ बराबर पुगेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८२ करोड ७० लाख ३५ हजार ३३६ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ५२ करोड ५० लाख १८ हजार ७२२, शिखर इन्स्योरेन्स रु २६ करोड ८० लाख ६८ हजार ४४, नेशनल हाइड्रोपावर रु २४ करोड ८१ लख ७८ हजार २५९ र एचआइडिसिएल रु २४ करोड ३७ लाख ३५ हजार १३६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त १०, बुद्धभूमि नेपाल हाइड्रोपावर ९.७३, साहस ऊर्जा ६.०६, अरुण भ्याली हाइड्रोपावर ५.३३ र मैलुङ खोला जलविद्युत् परियोजनाका लगानीकर्ताले ४.२५ प्रतिशतले कमाए । आरएमडिसी लघुवित्त ३.४९, पोखारा फाइनानस ३.०७, गुर्खाज फाइनान्स २.९९, एनएमबी हाइब्रिड फण्ड २.७८ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली