२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा नेपालको दोस्रो लामो झोलुङ्गे पुल निर्माण

२३ माघ २०७८, आईतवार ११:११

माघ २३, मङ्गलबारे | इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । आठ सय २० मिटर लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो । नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङ्गे पुल रहेको बताइएको छ ।

पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । झोलुङ्गे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ । यसअघि महाकालीको दोधारा–चाँदनी जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो ।

स्थानीय पूर्वाधार विभाग सस्टेन्सन ब्रीज डिभिजनका इञ्जिनीयर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार ५७२ मिटर लामो झोलुङ्गे पुल निर्माण हुने जानकारी दिनुभयो । यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट रु आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । 

निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरिएको देवकोटाले जानकारी दिनुभयो । सात पिलरसहित निर्माण गरिएको यो झोलुङ्गे पुलमा चार  टावर रहेका छन् । माई खोलामा पुल निर्माण भएपछि माई– १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत् गर्न सहज भएको छ । 

बिरामीलाई अस्पताल लैजान र विद्यार्थीलाई विद्यालय जान मद्दत पुगेको स्थानीयवासी प्रेमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार यो पुलले स्थानीयवासीलाई इलाम सदरमुकाम जानसमेत सहज भएको छ । यो क्षेत्रमा पुल नहुँदा गत वर्ष मात्र तीन विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की