२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान

२०७८, २६ माघ बुधबार ०३:०५

माघ २६, इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । 

इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन । 

विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा  अवतरण गरेको थियो । ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ । विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो