Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ४, काठमाडौँ । बुधबार सुन-चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १२०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने १६०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १६०० रुपैयाँले घटेर ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति‌औंस १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।