2026-09-21 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एकै दिन २५ सयले वृद्धि भयो सुनको मूल्य प्रतितोला १ लाख नजिक

फागुन १२, काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख नजिक पुगेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ ।

एकै दिन सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो । यसअघि बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १३२० मा कारोबार भएको थियो ।

रुस र युक्रेनको द्वन्द्व थप चर्किएपछि सुनको मूल्य बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि शक्तिशाली राष्ट्रहरु रुस र अमेरिकाबीच झन् विवाद बढेको छ, यसले गर्दा सुनको मागसँगै मूल्य बढ्यो’, उनले भने ।

विश्वका शक्तिशाली राष्ट्रहरुबीच विवाद बढ्दा विभिन्न देशका सरकार तथा लगानीकर्ताले सुनको माग बढाउँछन्, यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने गरेको शाक्यको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस १९४० डलरसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने