Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साताको पहिलो दिन तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १५, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १४ सय रुपैयाँले घट्दै ९६ हजार ६०० रुपैयाँमा झरेको हो ।&nbsp;<br></p><p>यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा १४ सय रुपैयाँले नै घट्दै ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;&nbsp;</p><p>यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घट्दै आज एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।</p>