<p>फागुन १६, काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । <br></p><p>यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । </p><p>यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ४५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>
Related News
