2026-10-12 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दीपुरमा ‘हिल्स रेसिडेन्स’ बन्दै

फागुन २१, तनहुँ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । 

नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि  सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक आशुतोष प्रधानले जानकारी दिनुभयो ।

नेपाली मौलिकता झल्किने तरिकाले नयाँ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले हाउजिङ परियोजना ल्याइएको कम्पनीले जनाएको छ । बन्दीपुर बजारभन्दा केही टाढा निर्माण गर्न लागिएको हाउजिङ परियोजनाले थ्रीस्टार होटेलसरहको सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ । 

पर्यटकीय क्षेत्र भएकाले उक्त घर ‘होमस्टे’का रुपमा पनि प्रयोग गर्न सक्नेछन् । उहाँले भन्नुभयो, “कम्पनीले सात रोपनी जमिनमा १० वटा लक्जरियस हाउजिङ बनाउन लागेको हो ।’’ सम्पूर्ण घर निर्माण गर्दा करिब रु १८ करोड खर्च हुने अनुमान गरेको कम्पनीले त्यहाँका घर चार आना तीन पैसादेखि साँढे १० आनासम्ममा निर्माण गर्ने भएको छ ।  

साढे दुईतल्लाको घर निर्माणमा आधुनिक तथा परम्परागत शैली अपनाइने र त्यहाँ  अन्य हाउजिङमा जस्तै सबै सेवासुविधा उपलब्ध गराइनेछ । दश वटा हाउजिङमध्ये हालसम्ममा पाँच वटा बिक्री भइसकेको कम्पनीका सञ्चालक आशुतोष प्रधानले बताउनुभयो ।  

हाल उक्त हाउजिङ निर्माणका लागि आवश्यक जग्गा मिलाउने  र कित्ताकाटको काम भइरहेको कम्पनीले जनाएको छ । एकैपटक सम्पूर्ण घर निर्माण गरी २०८० को वैशाख १ गतेभित्र घरधनीलाई हस्तान्तरण गर्ने योजनामा कम्पनी छ । 

चार आना तीन पैसामा बन्ने घरको मूल्य रु एक करोड ३० लाख र  अधिकतम मूल्य रु एक करोड ८० लाख निर्धारण गरिएको छ । बढीक्षेत्रफलको जमिनमा बन्ने घरको सोहीअनुसार मूल्य तय हुने बताइएको छ । 

उक्त घरमा भान्सा कोठा, पूजा कोठा, एटेच बाथरुमसहितका पाँच वटा बेडरुम हुनेछन् । नमूना किचन, डाइनिङ र स्टोरका साथै व्यक्तिगत कम्पाउन्ड पनि बनाइने र हाउजिङभित्र चिल्ड्रेन पार्क, स्विमिङ पुल र सम्मेलन कक्ष, पार्किङलगायत सुविधा पनि राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत