<p>फागुन २६, काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५ सयले घटेको हो। <br></p><p>बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज १ लाख २ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार ५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।</p><p>आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। </p>
March 10, 2022
अर्थ/विकास, काठमाडौँ - KTM
बुधबार उच्च मूल्यमा पुगेको सुनको मूल्य ३ हजार ५ सयले घट्यो, कतिमा हुदै कारोबार ?
समाचार सेयर गर्नुहोस्
By साझासवाल
2 मिनेट पढाइ
