२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो

२०७८, २८ फाल्गुन शनिबार ०२:२०

फागुन २८, म्याग्दी । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो । 

बिमवाङका वासिन्दा खिमन जुग्जालीले पुल वनेपछि एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको बताउनुभयो । “बिमवाङदेखि रिख पुग्न भिर, खोल्सा र जङ्गलमा करिब एक घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिने भएको छ ।”

यो पुलबाट मालिका, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बिम, मराङ, मल्कवाङ र कुइने मङ्गलेका करिब एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको धौलागिरि–६ आरवाङको प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनले बताउनुभयो । 

म्याग्दीको नौलिस्नेखोलामा ३५० मिटर र कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरेखोलामा १२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न उमा÷थानी÷हिमशिखर जेभीले विसं २०७७ असारमा रु दुई करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्राविधिक विष्णु बुढामगरले निर्माण सकिएको पुलको प्राविधिक नापजाँच गरी प्रयोगका लागि खुला गरिएको बताउनुभयो । उहाँका अनुसार यो पुलमा एक पटकमा ७५५ मानिस आवतजावत गर्नसक्ने क्षमता रहेको छ । पुलको उचाइ करिब १५० मिटर छ ।

आवतजावत सहज हुनुका साथै यो पुल पर्यटकीय हिसाबले पनि सम्भावना पनि रहेको धौलागिरि गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । पुल तर्ने क्रममा रिख र बिमवाङको फेदीमा रहेका झरनाको अवलोकन गर्न सकिन्छ । 

साहासिक खेल बञ्जिजम्प सञ्चालन गर्नका लागि पनि सम्भावना छ । लामो र अग्लो पुल अवलोकन गर्न आउने पर्यटकका कारण बिमवाङ र रिखमा चहलपहल तथा व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ । यो पुल भएर प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा पूजाआजा, दर्शन र अवलोकन गर्न जाने पर्यटकलाई समेत सुविधा पुग्ने मालिका गाउँपालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले वताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन