2026-10-12 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

फागुन २८, काठमाडौँ । नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध पूर्णिमाको दिनबाट त्यहाँ अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ दिनपछि अर्थात् जेठ २ गतेबाट नै उडान–अवतरण गर्ने गरी काम गरिरहेको जनाएको छ । 

उक्त विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान–अवतरणका लागि काम भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल हो । यस विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सकिने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवामा आगामी बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी काम सुरु भएको छ, सम्भवतः तोकिएकै समयमै काम सुरु गर्छौँ ।”

पछिल्लो सयम नेपाल नागरिक उड्डयन प्राधिकरणको भैरहवा विमानस्थल सञ्चालनको तयारीका लागि आवश्यक पर्ने कामध्यान केन्द्रित भएको र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले अब सहजै अनुमति पाउने भएका छन् । 

सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् । विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अब चाँडै गौतमबुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ । उक्त तयारीअनुसार विमानस्थलले अबको कम्तीमा पनि दुई साताभित्रै नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रमाणपत्र पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा