2026-08-23 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची खानेपानी आयोजना : गेग्र्यान हटाउने काम अन्तिम चरणमा

चैत ४, काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले यही चैतमै पथान्तरण गर्न सकिने सम्भावना बढेको हो । 

आयोजनामा रहेका संरचनाको सरसफाइ अन्तिम पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले ‘हेडवर्क’ सबै संरचना खुलाउन नसकिएकाले अस्थायी रुपमा चलाउन खुलाउनैपर्ने ठाउँमा मात्रै खुलाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । अहिले अस्थायीरुपले  पानी चलाउन मात्रै संरचना बनाइएको छ र वर्षा सुरु भएर धमिलो पानी आएपछि त्यो बन्द गर्नुपर्छ । उहाँले भन्नुभयो, “अहिले गत वर्षजस्तै चाँडो मनसुन सुरु भएमा चाँडो बन्द गर्ने हुनसक्छ ।”

सुरुङमा अहिले गेट नं १, ९ र ३८ मा मर्मतको काम भइरहेको समितिले जनाएको छ । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाउने र ३८ ले नियन्त्रण गर्नेछ र गेट नं ९ बाट पुनः खोलामा पठाउने गरिन्छ । यी तीन गेटमा मर्मत गरेर पानी अस्थायीरुपमा पठाइने र पुरिएका संरचनामध्ये अहिले गेट नं १ देखि ९ सम्म २१० मिटर लम्बाइको सुरुङ सफा भइरहेको सूचना अधिकारी पन्तले बताउनुभयो ।

मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइको काम भइरहेको छ । मेलम्ची नदीबाट सुरु भएको २९८ मिटर लामो  सो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले गिट्टी बालुवा र ढुङ्गा थुप्रिएको थियो । उहाँले भन्नुभयो, “सफा गर्ने काम अन्तिम चरणमा छ ।” 

गेट नं १ बाट अम्बाथान अडिटको मुखभन्दा तलसम्म खोलाको पानी बग्ने गरी स्लोप (भिरालो जमिन) बनाउनुपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । अहिले गेट नं १ र ९ मा सफाइ गर्दा गहिरो खनिएको छ र त्योसँग मिल्ने गरी अर्को खन्नुपर्नेछ । त्यहाँका संरचना वर्षापछि १०/१६ मिटर पुरिएकामा अहिले हटाउन लागिएको छ । उहाँले भन्नुभयो, “तह मिलाउने काम भइरहेको छ ।” 

आयोजना निर्माणकै  क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायी रुपमा चलाउने योजना बनाइएको छ । गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो । पहिले गेट तल माथि गर्ने र बन्द  तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायी रुपमा मान्छेले गर्नुपर्छ । 

आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन् । बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयवासीले माग गरेका छन् । नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण पुनः गत वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् । 

बाढीका गत वर्ष आयोजनासँगैको बस्तीमा भौतिक र मानवीय क्षति भएको थियो । अहिले अस्थायीरुपमा ‘हेडवर्क’ मा काम गर्दा स्थानीयवासीलाई बेवास्ता गरेको धेरैको  आशंका रहेकोे  सूचना अधिकारी पन्तले बताउनुभयो । स्थानीयवासीलाई राहत हुने गरी काम सुरु नगर्दासम्म आयोजना पुनः सञ्चालनमा ढिलाइ हुनसक्छ । उहाँले भन्नुभयो, “सरकारका सबै निकाय मिलेर स्थानीयवासीको माग सम्बोधनमा लाग्नुपर्छ ।” 

अस्थायी रुपमा पानी काठमाडौँ ल्याउनका लागि सुरुङभित्रको केही भागमा पानी निकाल्न बाँकी छ । अम्बाथान र ग्यालथुमबीचको खण्डमा पानी निकाल्न बाँकी रहेको उहाँले बताउनुभयो । त्यो पानी हटाएर निरीक्षण गर्नुपर्छ । त्यसमा समस्या नभएमा पानी हाल्न सकिने छ । अम्बाथान अडिट सफा गरेर त्यहाँ रहेको गेट नं १७ खोलिनेछ । त्यहाँभित्र रहेको ग्यास बाहिर आएमा परामर्शदाता र विज्ञ पुगेर निरीक्षण गर्नुपर्छ सूचना अधिकारी पन्तले  भन्नुभयो, “सुन्दरीजलबाट सिन्धु र सिन्धुबाट ग्यालथुमसम्मको खण्डमा गेट खोलेर निरीक्षण गरिएको र त्यसमा समस्या देखिएन ।”  

सडक र संरचना मर्मतको काम अहिले अस्थायी रुपमा मात्रै गरिएको हो । स्थायीरुपमा सडक खुलाउन र संरचना मर्मत गर्न बाँकी छ । खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) ले आयोजनामा पुगेको क्षति अध्ययन गरिरहेको छ । अरू कतिपय निकायले त्यहाँको वातावरण र भौगर्विक अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । पहिले अध्ययन प्रतिवेदन आएपछि नै स्थायी संरचना निर्माणमा जान सकिन्छ । यो आवको अत्यसम्ममा अध्ययन प्रतिवेदन आउनसक्ने उहाँको भनाइ थियो । 

दुई दशकपहिले सुरु भएको आयोजना निर्माण अन्तिम काम पुग्दा गत वर्ष असार १ मा आएको बाढीले क्षति पु¥याएको थियो ।  त्यसपछि वर्षाले आयोजनामा थप क्षति पु-याएको थियो । आयोजनास्थलसम्म पुग्ने सडक नै भासिएकाले प्राविधिकसमेत आयोजनास्थल पुग्न सकेका थिएनन् । अस्थायीरुपमा सडक खुलाएपछि पुरिएको अवस्थामा रहेको संरचना खुलाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो