गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ । 
2026-07-29 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा बहार

चैत ६, काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । 

गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ । 

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ । यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन् । संशोधनतर्फ कूल चार हजार ५३९,  हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२  र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ । 

घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ । गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ । गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए । यस्तै घर जग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए । संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए । 

बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ । विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै रु छ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व सङ्कलन भएको छ । रजिष्टे«शन दस्तुरबाट रु तीन अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९ ,अतिरिक्त शुल्कबाट रु चार लाख दुई हजार ५४५ पूँजीगत लाभकरबाट रु एक अर्ब ४४ करोड ४६ लाख तीन हजार तीन बराबरको राजश्व उठाइएको छ । 

सो महिना मात्रै घर जग्गाको कारोबारमा रु ५५ करोड ६५ लाख ९४ हजार ४०९ बराबरको छुट समेत पाएका छन् । बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा रु ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले रु ४५ करोड ३२ लाख छ हजार ३५३ बराबरको राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय कलङ्कीले रु ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले रु १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले रु १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले रु ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व सङ्कलन गरेको छ । 

यस्तै, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व सङ्कलन गरेको छ । विभागको विवरण अनुसार लखनखेल मालपोतले रु ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व सङ्कलन भएको छ । यस्तै, मालपोत कार्यालय बाँकेले रु ११ करोड २३ हजार ४०९,मालपोत कार्यालय कास्कीले रु १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले रु १६ करोड २८ लाख ३४ हजार ८७७ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले रु नौ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले रु तीन करोड ३५ लाख ८४ हजार ३३८ बराबरको राजस्व सङ्कलन गरेको छ । 

केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व सङ्कलन गरेको छ । त्यसमा सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका दुई मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका तीन मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम सङ्कलन गरेको छ । प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमासमेत सो कोषमार्फत घर जग्गाको कारोबार गर्दा रकम सङ्कलन गरिएको छ । त्यसबापत रु चार करोड २९ लाख ५१ हजार ७९४ बराबरको रकम सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ