वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ"/>
2026-10-12 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् नेपालको वैदेशिक व्यापार नाफा भएका २८ राष्ट्र

चैत ९, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १५९ देशसँग रहेको छ । 

वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

नेपालको व्यापार नाफा रहेको राष्ट्रमा डेनमार्क, कम्बोडिया, अल्जेरिया, नाइजर, गुयना, न्यु सेलेडोनिया, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माल्टा, यमन, अर्मेनिया, मोनाको, जाम्बिया, ट्रिनिडाड एण्ड टोबागो, माल्दिभ्स, जर्जिया, मौरिसस्, अजरवैजान, फिजी, जमैका, आइसल्याण्ड, माइक्रोनेसिया, कंगो, क्रोएसिया, बरमुडा, सेनेगल, घाना र सेन्ट हेलेना रहेका छन् । 

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग रहेको छ । पछिल्लो आठ महिनामा डेनमार्कसँग नेपालको व्यापार नाफा १४ करोड १९ लाख १४ हजार रुपैयाँ रहेको छ । 

नेपालको दोस्रो ठूलो व्यापार नाफा कम्बोडियासँग १३ करोड ७२ लाख २२ हजार रुपैयाँ रहेको छ । अल्जेरियासँग नेपालको व्यापार नाफा ६ करोड ४६ लाख ८० हजार रुपैयाँ रहेको छ । 

भन्सार विभागका अनुसार गुयनासँग २ करोड ४२ लाख ४९ हजार रुपैयाँ, न्यु सेलेडोनियासँग २ करोड २३ लाख १५ हजार रुपैयाँ, अफगानिस्तानसँग १ करोड ३६ लाख ८० हजार रुपैयाँ, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग ९८ लाख ४४ हजार रुपैयाँ, माल्टासँग ७९ लाख ४७ हजार रुपैयाँ, यमनसँग ७९ लाख ४७ हजार रुपैयाँ र अर्मेनियासँग ४८ लाख ९५ हजार रुपैयाँ व्यापार नाफा रहेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । 

पछिल्लो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश