2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आयोजनाले सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि…

हेमनाथ खतिवडा | चैत ११, रसुवा । रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं ५ मा निर्माणाधिन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व वापतको कार्यक्रम नगरेपछि स्थानीय आक्रोसित भएर शुक्रबारदेखि काम रोकेका छन् । 

सालासुङगी वाटर प्रालि र स्थानीय वडा नं ५ वडा कार्यालयसँग ०७८ असार २० गते भएको संझौतामा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षणमा समेत काम नगरेको स्थानीयको गुनासो छ । आयोजना स्थल मार्ग निर्माणका क्रममा धेरै जंगल विनास भएको र १० वटा खर्कहरुमा क्षति पुगेकोले त्यहाँ गाइ, चौरी तथा भेडा, बाख्रा पालक किसानलाई चरिचरनका लागि खर्क समस्या भएको छ । सडक निर्माणका कारण ठूला ढुङ्गाले पशु हिड्ने बाटो नभएको र घाँस पाउने खर्कमा ठूलो क्षति भएकोले यहाँका २७ जना चौरी तथा भेडा पालक किसान ठूलो समस्यामा परेका छन् । जलविद्युत आयोजनाले सडक निर्माणका कारण खर्क मासियो पशुपालन गर्ने किसानहरु धेरै मर्कामा परेका छन् तर आयोजनाले कुनै सम्बोधन गरेन स्थानीय चौरीपालक किसान सोनामनुर्पु तामाङ बताए । आयोजनाका प्रोजेक्ट इन्जिनियर राजु श्रेष्ठका अनुसार स्थानीयको माग पुरा गरेर आयोजना सुचारु गर्न तयार रहेको बताए । बिभिन्न दलले बिबाद गरेकोले आयोजना बन्द हुने गरेको छ । ‘३ महिना जति गाउँपालिकाले काम रोक्न भनेपछि रोकियो पछि कोरोना भाइरसका कारण पनि प्रभाव प¥यो अब स्थानीयले राखेको माग उपर छलफल गरेर आयोजना सुचारु गर्न हामी छलफलमा छौं’ श्रेष्ठले भने । 


हिउँ पर्ने मौसममा चौरीगोठ तल सार्ने तथा गर्मी सुरु भएपछि लेकतिर सार्ने चलन थियो अहिले त खर्क मासियो जंगलमा चरन खोज्न जाने बाने बाटो समेत छैन । आयोजनले वातावरण विनास गरेको छ पहिले त कृृषक समूहलाइ समेटेर कार्यक्रम गर्ने भनेको आयोजनाले बास्ता नगरेको कृषक छेवाङ तामाङले बताए । 

कम्प्युटर अप्रेटर तथा २ जना शिक्षक नियुक्ती भएपनि ९ महिना बित्दापनि तलव नदिएको , माथिल्लो रोङ्गामा ड्याम साइड निर्माणका क्रममा खोलामा ब्यापक रुपमा माटो थुपारेकोले वर्षातमा जोखिम देखिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै योजनाहरु संझौता अनुसार काम अगाडी बढाउन वडा कार्यालयले पत्रचार गरेपनि प्रत्युत्तर बाहेक केही नपाएको र सर्वदलिय बैठक बस्ने बाहना बनाउने गरेको आमाछोदिङमो गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष टासी छेवाङ तामाङ (बाबु) ले बताए । स्थानीयको माग सम्बोधन नगरेपछि काममा अबरोध भएको सूचना पाएको छु । सामाजिक उत्तरदायित्व अन्तर्गतका भएको संझौता अनुसार हुनुपर्ने विषयमा आफुले पनि पटक पटक सहजिकरण गर्ने प्रयास गरेको उनले बताए । समयमा आयोजनाले जनताको माग पुरा गरेको भए आयोजना चाँढै र निर्विवाद रुपमा सम्पन्न हुने स्थानीय बताउँछन् । आयोजनाको काम लपरबाही तवरले गरेको वातावरण संरक्षणमा ध्यान नदिएको, पैदलमार्ग, पुलपुलेसा, जलस्रोतको संरक्षणमा समेत ध्यान नदिएको स्थानीयको गुनासो छ ।  


निर्माणाधिन माथिल्लो साङजेन आयोजना भन्दा ५ सय मिटर माथि यस आयोजनाको विद्युतगृह निर्माण हुन लागेको छ । नेपाली साँझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिसत लगानी रहेको छ । आयोजना टनेल ४ किमी र पेनसटक समेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।

स्थानीय तहले समयमै जानकारी गराउदापनि सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाले गर्नुपर्ने काम प्रति बेवास्ता गरेपछि आयोजनाको काम रोक्नु स्थानीयको बाध्यता भएको सुरेश तामाङले बताए । माग पूरा भए आयोजनालाइ सहयोग गर्ने तर वास्ता नगरे काम अवरुद्ध हुन उनले बताए । संझौतामा सामाजिक उत्तरदायित्व अन्तर्गतको काम ०७८ साउनदेखि कार्यान्वयन हुनुपर्ने उल्लेख भएपनि हालसम्म कुनै काम भएको छैन । संझौतामा भौतिक विकस, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विकास गर्ने जनाइएको छ । 

केही ब्यक्तिले निहीत स्वार्थ पूरा गर्नका लागि आयोजना बन्द गरिएको हो सालासुङ्गी पावर प्रालिका नेपाली लगानीकर्ता विष्णुराज अधिकारीले बताए । स्थानीयको नाममा यसअघि पनि पटकपटक अबरोध आएको छ बिना अवरोध काम अघि बढे आयोजना २ वर्षमा सकिने उनको दावी छ । अबरोधको समयमा कन्ट्याक्टर कम्पनी सिनो हाइड्रोले दैनिक क्षतिपुर्ती दावी गर्छ । केही ब्यक्तिले उक्साएर आयोजनामा अवरोध गरेको उनलेको आरोप छ । चिनियाँ कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्न तयार छ तर स्थानीयले अवरोध होइन समन्वय गर्नुपर्ने उनको भनाइ छ । चाँढै सर्वपक्षको भेलाबाट समस्याको समाधान निकाल्ने र आयोजना अघि बढ्ने अधिकारीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक