२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालयमा सेञ्चुरीको वित्तीय साक्षरता कार्यक्रम

२०७८, २० चैत्र आईतवार १५:०३

चैत्र २०, खोटाङ | सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीले सरस्वती मावि अर्खौलेमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता र सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत बैंकले शनिबार सरस्वती माविका अभिभावक र विद्यार्थीलाई सहभागी गराएर एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीलाई सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीका प्रमुख प्रभुराम थापाले बचतदेखि शेयर लगानीसम्मका वित्तीय शिक्षाका बारेमा जानकारी दिएका छन् । 

प्रमुख थापाले वित्तीय साक्षरताको महत्त्व, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह, बचतको धारणा र महत्त्व, शेयर बजार सम्बन्धी जानकारी दिएका छन् । यस्तै, सेञ्चुरी कमर्सियल बैंकले प्रदान गर्ने सेवा तथा हालसालै सञ्चालनमा ल्याइएको नयाँ निक्षेप खाताका बारेमा पनि सहभागीलाई जानकारी दिइएको छ । 

कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले सरस्वती माविलाई भित्तामा झुण्ड्याउन मिल्ने एक थान नेपालको नक्सा प्रदान गरेको छ ।

यस्तै, सामाजिक उत्तर दायित्व अन्तरगत बैंकले सरस्वती माविमा कक्षा १ देखि कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार ३० छात्र/छात्रालाई कापी र कलम प्रदान गरेको सरस्वती माविका प्रअ नविन चाम्लिङले जानकारी दिए ।

कार्यक्रम विव्यासका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर