2026-10-12 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरहवा सेजमा माग भन्दा धेरैको आवेदन, सात अर्ब लगानी थपिने

चैत्र २१, भैरहवा | रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागभन्दा बढीले आवेदन दिएका छन् ।

केही वर्षदेखि खाली रहेका सेजको प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । ४५ प्लटमा उद्योग सञ्चालनका लागि १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा ५५ वटा प्लटका लागि आवेदन आएको छ । सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले मागभन्दा बढी उद्योगीले अहिले उद्योग स्थापनाका लागि चासो दिएको बताए । अहिले प्रावधान सहज बनाएकोले उद्योगीको आकर्षण बढेको उनको दाबी छ ।

‘६८ वटा प्लटमध्ये खाली प्लटका लागि आवेदन माग गरेकोमा आह्वान भन्दा बढीले  प्रस्ताव आवेदन दिएका छन । यो अहिले सम्मकै उत्साहजनक आवेदन हो,’ उनले भने । 

सेजमा सात उद्योग सञ्चालनमा छन् । ५५ उद्योगले ७ अर्ब बराबरको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्बको हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन्। 

प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आर्कषण बढेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । भाडादर, निर्यात सिलिङ लगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको हो ।

निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ संचालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र (सेज) अनुसार अहिले माग भएर आएका आवेदनमा १ अर्ब २५ करोड लगानी गर्ने प्रस्ताव बिएण्डपी म्यानुफ्याक्चरिङले गरेको छ ।

सूर्य रंग हाउस प्रालिले १२ करोड लगानी प्रस्ताव गरेको छ। यसका अलावा स्टिल, ढुंगाका मूर्ति बनाउने स्टोन उद्योग, प्लाष्टिक उद्योगहरुले पनि प्रस्ताव दिएका  छन्।

रुपन्देहीको रोहिणी गाउपलिका-१ वगहामा अवस्थित सेजमा ७ वटा उद्योग सञ्चालनमा छन्, केही उद्योगले विगत चार वर्षदेखि निर्यात पनि गरिरहेका छन् ।

सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनि, पंचकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोथियो भने अहिले घटाएर हाल घटाएर ६० प्रतिशत छ । 

विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा उनि समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरि १७ किसिमका उद्योगहरु सेजमा रहने व्यवस्था छ । ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको छ । 

विशेष आर्थिक क्षेत्र भैरहवाको कम्पयुटर अपरेटर निरा भट्टराईका अनुसार सबस्टेशन बनाउन टेण्डर आह्वान, एकद्वार अन्तर्गत भन्सारको काम प्रक्रियामा छ, भने परिसरमा हाल बैंक, बिमा, हुलाक लगायतका सेवा कार्यालय छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश