2026-10-12 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीमा भ्युटावरको काउन्टरमा हरितपार्कको शिलान्यास

विशाल बस्नेत । चैत २२, महोत्तरी । भ्यु टावरको उद्‍घाटन तथा शिलान्यासको प्रतिस्पर्धा चलिरहेका बेला महोत्तरीमा हरित पार्कको  शिलान्यास गरिएकाे छ ।

चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्येनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएको अभियन्ताको भनाइ छ ।

आइतबार एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकास्थित रातु नदीको किनारमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अत्यधुनिक हरित पार्कको शिलान्यास गरे ।

रातु नदीले बनाएको बालुवाको बगरमा हरितपार्क बनाउने गुरुयोजना रोटरी क्लब अफ बर्दिबासले अगाडि बढाएको हो । रोटरी क्लब अफ बर्दिबासको पहलमा झण्डै १० करोड लगानीमा अत्यधुनिक पार्कको निर्माण प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।

झण्डै १५ कठ्ठा जमिनमा बन्न लागेको हरित पार्कमा बाेटबिरुवा रोपेर सुन्दर बनाइने बताइएको छ । पार्क निर्माणमा पारम्भिक चरणमा १ करोड ६१ लाख लागत अनुमान गरिएको छ ।

कुल लागतको बर्दिबास नगरपालिकाले ३१ लाख र वन तथा भू-संरक्षण विभागबाट ७४ लाख  बजेट बिनियोजन भएको रोटरी कलब अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।

हरित अभियान अन्तर्गत नै जिल्लाका विभिन्न ठाउँमा गरी ३ लाख बिरुवा रोपिएको नेता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश