Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

By साझासवाल

चैत्र २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९३ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ तीन मात्र र बिक्री दर १३० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६२ पैसा र बिक्री दर ९१ रुपैयाँ सात पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ८३ पैसा र बिक्री दर नाै रुपैयाँ ८८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ एक पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९३ पैसा र बिक्री दर नाै रुपैयाँ  ९७ पैसा कायम भएको छ ।