2026-10-12 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवामा तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंक राखेनन्

चैत्र २२, रसुवा | रसुवाका तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंकनै नराखि विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका अनुसार उधोगहरूले क्यापासिटर बैंक राख्नुपर्ने भए पनि धेरैले राखेका छैनन् । जसका कारण भोल्टेजको गुणस्तर कायम गर्न र विद्युत् लोडको मागलाई सन्तुलन बनाउन समस्या भइरहेको छ । 

प्राधिकरणले क्यापासिटर बैंक नराख्ने ग्राहकको लाइन काट्न केही समयअघि कार्यालयहरूलाई परिपत्र गरेको थियो । तर, जिल्लामा क्यापासिटर नपाइने भएकाले अहिलेसम्म लाइन काटिएको छैन । जिल्लामा सञ्चालित धेरै उद्योगले क्यापासिटर नराखेकाले राख्नका लागि प्रक्रिया अघि बढाएको प्राधिकरण धुञ्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । “जिल्लामा क्यापासिटर पाइँदैन,” उनले भने,’यसका लागि हामीले सहजीकरण गरिरहेका छौँ ।’

ग्राहकले प्राधिकरणलाई क्यापासिटर ल्याएर जडान गरिदिन आग्रह गरेको उनले बताए । कुन क्षमताको क्यापासिटर ल्याउने र कसरी जडान गर्नेबारे अन्योल भएकाले ग्राहकले क्यापासिटर जडान नगरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण विनियमावली २०७८ का अनुसार प्राधिकरणले पाँच किलोवाट भन्दाबढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेशिन भएका ग्राहककोमा मिटर जडान गर्दा सन्ट क्यापासिटर अनिवार्य रूपमा जडान गर्न लगाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश