2026-10-12 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार व्यवसायले देशको काँचुली फेर्छ : मानन्धर

चैत्र २३, भक्तपुर | भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार नै सफल जीवनको आयाम भएको बताएका छन् । व्यापार व्यवसाय गर्दा जीवन सबल हुने भन्दै उनले सबैले उद्यमी बन्नुपर्ने बताएका छन् ।

व्यापार व्यवसायबाट घरपरिवारको मात्रै नभई देशले नै काँचुली फेर्ने उनी बताउँछन् । भक्तपुरको सूर्यविनायकमा कार्यालय स्थापना गरी बुधबारदेखि सेवा शुभारम्भ गरेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै उनले सबैले इमानदारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले आफ्नो वडामा मात्र ४४ वटा सहकारी संस्था रहेको जानकारी दिए । नगरपालिकाभरिमा चार सय ४४ वटा सहकारी संस्था रहेका उनले बताए । 

कार्यक्रममा संस्थाका अध्यक्ष गौतम सुजखू, सचिव तीर्थरत्न राजचल, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले साना उद्योगी व्यापारीलाई सहज कर्जा दिई सहयोग गर्न संस्था स्थापना गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश