२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन छलफल

२०७८, २४ चैत्र बिहीबार ०९:३४

चैत्र २४, पोखरा | विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका म्यानेजर सेल्मा, आईएफसी नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानीको टोलीले गण्डकीमा लगानी भित्र्याउने विषयमा छलफल गरेका हुन् ।

उनीहरूले प्रदेशको प्राथमिकता पर्यटन भएकोले यही क्षेत्रमा निगमले लगानीका लागि आह्वान गर्ने र विभिन्न कार्यक्रम सन्चालन गर्ने बताए ।"हामीले लगानीको अवसर खोजेका छौं । गण्डकीको ऊर्जा र पर्यटनमा लगानी धेरै आउन सक्छ," सेल्माले भनिन्, "अहिले यहाँको पर्यटन जोखिममा परेको छ । यसलाई पुनरुत्थानका लागि निगमले केही गर्ने कि भन्ने सोचेको छ । तर, सरकारको सुझाव आवश्यक पर्छ ।"

सरकारकै प्राथमिकतामा आफुहरू योजना बनाउने सेल्माले बताइन् । अहिलेको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रिय लगानी अति आवश्यक रहेको भन्दै त्यसअनुकुल व्यवस्था गर्न उनको सुझाव छ । अर्थमन्त्री रामजी बरालले सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताए ।

"प्रदेश सरकार लगानीको वातावरण विकास गर्ने क्रममा नै रहेको छ । त्यसका लागि आवश्यक नीति र कार्यक्रम तयार गर्दै छौँ," उनले भने, "आधुनिक कृषि प्रणालीको विकासका लागि निजी क्षेत्रसँग साझेदारी गरेर जाने सोचेको छ । स्वास्थ्य र शिक्षाको सुविधा विस्तार, जलविद्युत् निर्माण र बजारीकरणमा सरकारले चासो दिएको छ ।"

उनले सरकारको व्यवसायिक प्रबर्द्धनमा आईएफसीको सहयोग पाउने विश्वास राखे । आउँदो वर्षको बजेट निर्माणमा यसलाई प्राथमिकताका साथ अघि बढाउने बरालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो