2026-10-12 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम मुलपानी महोत्सव सुरु

 चैत्र २४, काठमाडौं | बिहीबारदेखि काठमाडौंको मुलपानीमा प्रथम मुलपानी महोत्सव सुरु भएको छ । श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीको आयोजनामा महोत्सव सुरु भएको हो । 

काठमाडौं मुलपानीको खुल्ला चौरमा महोत्सव सुरु भएको हो । महोत्सव चैत २४ गते बिहीबारदेखि वैशाख ५ गतेसम्म चल्ने जनाइएको छ ।

काठमाडौंको नागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मुलपानी चौर मुलपानी काठमाडौंमा मेला भएको हो । 

मेलाको प्रा.डा. श्रृषिराम पोखरेलले एक भव्य समारोहबीच बिहीबार उद्घाटन गरे । कार्यक्रममा नागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले महोत्सवले नागेश्वरी मनोहरा नगरपालिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 कार्यक्रम आयोजक श्री श्रृषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मुलपानीका अध्यक्ष ८० वर्षीय जग्गनाथ खनालले स्थानीय गुरुकुल शिक्षा पाठशालाको सहयोगार्थ मेला आयोजना गरिएको जनाए । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिले पनि आआफ्नो धारण राखेका थिए ।

 महोत्सवमा विभिन्न सुलभ मूल्यका उपभोग्य सामाग्रीहरूको व्यापारिक स्टलहरू, बालबालिकाहरूका लागि बाल उद्यानको व्यवस्था (रोटेपिंग, नाउ, ब्रेक डान्स, मिकी माउस, डयागन, वाटर बोट आदि), विभिन्न खानाका स्टल, आइसक्रिम, आइसमोलालगायतका थुप्रै परिकाका साथमा कृषि उत्पादनका सामान, स्थानीय कलाकार तथा राष्ट्रिय स्तरका कलाकारद्वारा भरपुर मनोरञ्जन गराइने जनाइएको छ । नववर्ष २०७९ को पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रमका साथ मेला गरिएको जनाइएको छ ।

 मेलामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० टिकट दर राखिएको छ । विद्यार्थीका लागि ४० प्रतिव्यक्ति टिकट दर राखिएको छ । साथै अशक्त, अपांगका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 मेलामा नागेश्वरी, मनोहरा, बौद्ध, जोरपाटी, नरेफाँट, चाँगुनारायणलगायतका काठमाडौं, भक्तपुर, ललितपुरबाट लाखौँ मानिस आउने विश्वास गरिएको छ । मेलाको व्यवस्थापन आइटी एण्ड सप्लायर्स ग्रुप प्रालिले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश