२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खत्रेठाँटी–कुन्छा–सोतिपसल सडकको एघार किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने

२०७८, २६ चैत्र शनिबार ०२:४३

चैत २६, लमजुङ । लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । सुन्दरबजार २, हाँडेटार देखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो । सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको हो । आगामी दुई वर्षभित्र कालोपत्रे काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम सुरु भएको कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटरमध्ये तीन किलोमिटर सडक ढलान गरिनेछ । सुन्दरबजार नगरपालिकाअन्तर्गत जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो ।

उक्त सडक कालोपत्रे भएसँगै भेगका नागरिकलाई सदरमुकाम आउन र जिल्लाको सुन्दरबजार, राईनास, दोर्दी र मस्र्याङदी क्षेत्रका नागरिकलाई प्रदेश मुकाम पोखरा जान  सहज हुने अपेक्षा गरिएको छ । सडक निर्माणका लागि काठमाडौंस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको छ । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालय प्रमुख सुमन गिरिले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर