2026-10-12 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन

चैत्र २६, महोत्तरी | श्रीपुर र कविलासपुरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान हो एक बर्ष अघिसम्म निक्कै कठिन थियो । अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जानै परे जंघाहा खोलामा हेलिनै पथ्र्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफ्न्त गुमाउनु परेको उनीहरूसँग नमिठो बिगत छ ।

करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माणपश्चत औरहीवासी निकै हौसिएका छन् । औपचारिक रुपमा पुल सन्चालमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो । 

कविलासपुरका अजय दासले खुसी पोखे, “हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।” वडा नम्बर ४ को कविलासपुर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुलले राहद दिएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पु¥याउन र एक गाउँवाट अर्काे ठाउँमा जान सहज भएको उनीहरू बताछउँछन् । 

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुलमात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यायलय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्यचौकीको पनि उद्घाटन गरेका छन् ।

“पुल निर्माणपछि अब हिउँद बर्खामै सहजै आवतजावत हुनेभो भनेर सुखको श्वास फेरेका छौँ ।”श्रीपुरका रामछबिलाल यादव वताउँछन् ।

करिब एक सय ९५ मिटर लम्बाईको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन बर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।

श्रीपुर र कविलाशपुरका साना नानीहरूलाई पनि बर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कविलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यामिक विध्यालय छ । यस विद्ययालयमा दुवै गाउँका करिब पाँच सय विध्याथीए अध्यनरत छन । ‘खोलामा ठूलो बाढी आउने हँुदा विध्यालय जानै पाएका थिएनाँै अब त आनन्द भयो ।’ कक्षा ५ मा पढने रामचतुरले खुसी हुँदै भने ।

अझ उत्पादित वस्तुहरूलाई बजारसम्म पु¥याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायीक खेतीतर्फ आकर्षित भएका छन् । 

पहिलेको तुलनामा व्यवसायीक खेती गर्नेको संख्या वढीरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।  

श्रीपुर र कविलासपुर भारतको विहार प्रदेशवाट समेत नजिक छ । गाउँपालिकासँगै जोडिएको बोर्डर यी गाउँवाट करिब १५ किलोमिटर दुरीमा रहेका छन् । बोर्डरमा पुगेर सामानहरू आयात निर्यात गर्न समेत जंगाहा पुलले भूमिका खेलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु