2026-08-23 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक सय लगानीकर्ता सदस्यबाट ५० करोड लगानी गर्ने अभियान

चैत्र २६,भक्तपुर | मोर्डन यथु फोर सोसाइटी भक्तपुरले मानन्धर समुदायको व्यापारव्यवसाय प्रवर्द्धनका लागि एक गोष्ठीको आयोजना गरेको छ । भक्तपुर जिल्ला मानन्धर युवा संघ र स्काई इन्टरनेशनल ग्रुप प्रालिको सहकार्यमा पूर्व सहरी विकासमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा गोष्ठी आयोजना भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि मानन्धरले पानसमा दीप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गरेका थिए । भक्तपुर कमलववनायकस्थित केभी लञ्ज तथा जगातीको छुयाला पसलको आयोजनामा गरिएको कार्यक्रमको सभापतित्व ग्रहण गर्दै सोसाइटीका अध्यक्ष शिव मानन्धरले नयाँ सोच र विचारका साथ व्यापारव्यवसाय प्रवर्द्धन एक सय लगानीकर्ता सदस्यबाट करिब ५० करोड लगानी गर्ने अभियान सञ्चालन भइरहेको बताए । 

मानन्धर समुदायको परम्परागत व्यवसायलाई परिष्कृत र आधुनिक बनाउन तथा नयाँ पसुतालाई उद्यमी बनाउन उत्प्रेरित गर्न स्काई इन्टरनेशनलको समेत सहयोगमा विभिन्न उद्यमशीलता विकास कार्यक्रम प्रवर्द्धन योजनामा रहेको उनले जानकारी दिए । 

स्काई इन्टरनेशनलका अध्यक्ष केपी अवाल, पूर्व मिस नेपाल इभाना मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धर, संस्थाका महासचिव रामकृष्ण मानन्धर, योङ योंग आन्तरप्रोन्योर्स संघका अध्यक्ष रोहित मानन्धर, केन्द्रीय मानन्धर संघका युवा कोअर्डिनेटर सन्देश मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका राकेश मानन्धरलगायतका सहभागी अतिथिहरूले नयाँ वर्ष तथा विस्का जात्राको शुभकामना आदान प्रदान गर्दै व्यवसाय प्रवर्द्धनमा संगठित र व्यवस्थित रूपले समाजलाई आवश्यक वस्तु उत्पादन, प्रवर्द्धनका लागि लगानी तथा रोजगार वृद्धि गर्ने विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो